Sidha Patra शुक्रबार, बैशाख ०२, २०७९

दाङ । नयाँ पाइला पुर्नस्थापना केन्द्रको आयोजनामा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका सल्लाहकार सुष्मा गिरी लामिछानेको अध्यक्षता एवम महेन्द्र बहमुखी क्याम्पसका उपप्राध्यापक तथा सकारात्मक सोच समूह दाङका संयोजक सुन्दर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दुर्घटनाबाट घाइते पत्रकार आजाद खडकाको उपचारार्थ संस्थागत पन्ध्र हजार एक सय सहयोग गरिएको थियो । सहयोग रकम पत्रकार दीपक बोहोरालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दर गौतमले दुव्र्यशनीरहित समाज निर्माणका लागि परिवार, समाज,राज्य सबैको भूमिका रहने बताउनुभयो । उहाँले उपचारार्थीहरुलाई म सक्छु, म गर्छु भन्ने अठोट लिन आग्रह गर्नुभयो । कार्यक्रममा घोराहीका कारगार प्रमुख वासुदेव खनाल,त्रिभुवननगर जेसिजका संस्थापक अध्यक्ष निर्मला गौतम,पूर्व अध्यक्ष जीवा भुसाल,पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र अध्यक्ष डिल्लीबहादुर रावत,संस्थाका सल्लाहकार सुनीलकुमार पोखरेल,स्वास्थ्यकर्मी यज्ञ केसी,लेखराज शर्मा,संस्थाका प्रशिक्षक डिल्ली बस्नेत संगीत, दलित पत्रकार संघ दाङका अध्यक्ष वसन्त परियाललगातका वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका कार्य समिति सदस्य राकेश बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]