
Sgr
Srbpu
Rgp
Djs
sbs
pku
Rgp1
Unsku
cjs
Lnp
Pes
Gfs
Ggp
Pbu

Asm
Ksm
Ssm
Rsb
Sls
Rgs
Pvg
Tsm
nsb
Wsp
Sbs
Gst
Bbu
Vor
Rgu
Hal
Rgu
Ggd
Bbbpu

Ptm
Jmb
Abd
sab
Rmb
Bml
Mks
bbt
Syp
Rpp
Pls
Gsb
Jmb
दाङ । देउखुरीको गढवालाई कोभिड–१९ को पुर्णखोप युक्त पालिका घोषणा गर्ने तयारी गर्न थालिएको गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङ र स्वास्थ्यका लागि सक्षम प्रणालीको समन्वय सहकार्यमा दुई दिनसम्म संचालन भएको कार्यशालाबाट यस्तो योजना तयार गरिएको स्वास्थ्य संयोजक कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो ।
दुइदिन सम्म संचालीत पालिका स्तरीय कोभिड–१९ खोप कार्यक्रमको समिक्षा,तथ्यांक बिश्लेषण र योजना निर्माण कार्यशालाबाट बिभिन्न योजनाहरु तयार गरिएको छ । जसमध्ये जिल्ला स्वास्थ्य कार्यालय,जिल्ला स्तरीय खोप समन्वय समिति र गढवा गाउँपालिकाको संयुक्त टिमले बैशाख २८ मा कोइलाबासको स्वास्थ्य चौकी र हेल्थ डेस्क अनुगमन गरी आगामी असार मसान्ता सम्म वडानं.८ लाई कोभिड–१९ को पुर्ण खोपयुक्त वडा घोषणा गर्ने र असोज मसान्ता सम्म गाउँपालिकाका सबै वडाहरु सकाएर गाउँपालिकालाई नै कोभिड पुर्ण खोपयुक्त पालिका घोषणा गर्ने योजना तयार गरिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिनुभयो ।
जसका लागि २०७९ को बैशाख मसान्ता सम्म मासिक प्रतिवेदन र दैनिक प्रतिवेदन मिलान गर्ने, बैशाख ५ गते सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने, बैशाख महिनाभर खोज र खोप अभियान संचालन गर्नकालागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षीत गर्ने,जेठको दाश्रो हप्ता भित्र खोज र खोप अभियानबारे समुदाय स्तरमा प्रचार प्रसार गर्ने र खोप लगाउन छुटेकाहरुको तथ्यांक बिवरण संकलन गर्ने,चालु आव भित्रेै घरधुरी सर्भेक्षण पछि असार मसान्तासम्म वडा नं.८ लाई पुर्णखोप युक्त घोषणा गरि अन्य वडाहरुमा पनि नियमित कार्यक्रम गर्दै असोज मसान्ता सम्म कोभिड–१९ को पुर्णखोप पालिका घोषणा गर्ने योजना तयार गरिएको र उक्त योजना सफल पार्न आर्थिक तथा प्राबिधिक सहयोग समेत गरिने स्वास्थ्यकालागि सक्षम प्रणालीका प्रमुख बिधायक केसीले जानकारी दिनुभयो ।
