
Csb
Fmb
jsb
Ksb
Bsn
Ssb
Gsb
Rks
Ksb
Usb
Rsb
Tgp
Ksb
Nsb
Ssb
Ppu

Hl1
Ssb
Tsb
Gsb
Usb

Rgu
Nps
ptl
बाँके । ईलाका प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले मंगलबार दिउँसो १ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. १२ रोहिनी खोलाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिएका छन् ।
अवैध लागुऔषध ब्राउन सुगरको कारोवार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको मल्ले बताए । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३० को मुन्ना भन्नेर निचिने जगत केसी रहेका छन् ।
उनका अनुसार केसीलाई तलासी गर्ने क्रममा निजले दायाँ हातमा समाती राखेको प्रिन्टिङ रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको अवस्थामा रहेको तौल गर्दा ८० ग्राम रहेको, लागुऔषध ब्राउन सुगर धुलो पदार्थ फेला परेको साथै सोही झोला भित्रबाट लागुऔषध ब्राउन सुगर नापतौल गर्न प्रयोग गरीने एटोम लेखेको डिजिटल तराजु थान–१, सिम कार्ड थान–२ बेन्को लेखेको किप्याड सादा मोवाईल थान–१, अप्पो कम्पनिको कालो रङमा रहेको टच मोवाईल थान–१ र निजले प्रयोग गरेको लु १२ प २९० नम्वरको पहेलो कालो रङको स्कुटर समेत पक्राउ गरिएको मल्ले कोहलपुर टुडेलाई जानकारी दिए । विगत लामो समयदेखि लागुऔषध कारोबारी भएको भन्ने बुझिएको र थप अनुसन्धान भैरहेको जानकारी दिएका थिए ।
