
Fmb
Rks
Nsb
Usb
Csb
Ksb
Tgp
Bsn
Ksb
Ssb
Ssb
Gsb
jsb
Rsb
Ppu
Ksb

Hl1
Gsb
Tsb
Usb
Ssb

ptl
Rgu
Nps
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झा घुस सहित पक्राउ परेका छन।
जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग रु. ५,००,०००।– घुस लिएपछि नियन्त्रणमा लिएकाे अख्तियार अनुसन्धान आयाेगले जनाएकाे छ।
त्यस्तै झाले घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) झाले सेवाग्राहीबाट रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस लिइसकेको अवस्थामा उक्त रकम सहित भानुचोक जनकपुरबाट साेमबार बिहान ८:१५ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
