
Jns
Ggp
Ggp
Asb
Rgp
Rgp
Dus
Lks
Pbu
Dbs
lnp
Sgp
Rgp
ksb
Usb
Rgp
Lnp


दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको नेपालमा अपांगता समावेशी बिपद् जोखिम न्यूनीकरण प्रबर्धन परियोजना–३ को एक कार्यक्रमका बिच सामाजिक परिक्षण सम्पन्न गरेको छ । स्रोतकेन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको थियो ।
परियोजना मार्फत पुस्तकालयले एक बर्षको अवधिमा गरेका कृयाकलाप र उपलब्धि तथा बजेट समेतको शुक्रवार सामाजिक परिक्षण गरिएको हो । रेडियो साझा आवाजको सहजीकरणमा कार्यक्रम गरिएको हो । पुस्तकालयले गढवा गाउँपालिका वडानं. ६ का २० वटा टोलहरुमा अपांगता भएका नागरिकहरु र बिपन्न तथा सिमान्तकृत समुदायका मानिसहरुलाई कोभिड महामारीबाट सतर्क रहन बिभिन्न कृयाकलापहरु गरेको कार्यक्रममा जानकारी गराइएको हो । रेडियो साझा आबाजले फिल्ड अध्ययन समेत गरेर संकलन गरेका परियोजनाका कृयाकलाप कार्यक्रममा सार्वजनिक गरेको थियो ।
जस अनुसार सरोकारवाला र स्थानीय निकायबिच समन्वय बैठकहरु गरिएको,घरधुरी सर्बेक्षण गरि अपांगता भएका नागिरिकहरुको डाटा संकलन गरिएको,कोभिड प्रभावित तथा अतिबिपन्न र ज्याला मजदुरी गरेर परिवार पाल्ने ६० जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको,समुदाय स्तर र बिद्यालय स्तरमा खानेपानी तथा सरसफाई स्वच्छताका कार्यक्रमहरु गरिएको,स्वास्थ्य परामर्शदाता परिचालन गरिएको,गाउँपालिकाको आइसुलेशन र स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको,बिद्यालय र समुदाय स्तरमा बिपद् प्रतिकार्यका लागि आगलागी,बाढी र भु–कम्पको कृत्रिम घटना अभ्यास गरिएको सामाजिक परिक्षणमा जानकारी गराइएको हो । परियोजनाको कुल बजेट १४ लाख २१ हजार मध्ये साढे एघारलाख खर्च भै सकेको सो अवसरमा जानकारी गरिएको हो ।
पुस्तकालय मार्फत लमही आँखा अस्पतालको समन्वय सहकार्यमा जेष्ठ नागरिकलाई निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरिएका,अपांगता भएका तथा जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री वितरण गरिएको,पुस्तकालयको तल्लो तल्ला अपांगमैत्रि संरचना निर्माण गरिएको,मनो परामर्श तालिम,बिपद् प्रतिकार्यकालागि खोज उद्धार तथा प्राथमिक उपचार तालिमहरु आयोजना गरिएको र ब्यवसाय सुरुवात तालिम संचालन गरि १० जना अतिबिपन्न सिमान्तकृत नागरिकहरुका लागि बाख्रापालनका लागि एक–एक वटा बाख्रा वितरण समेत गरिएको कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले कार्यक्रम प्रशंसयोग्य भएको तर गढवाका सबै वडाहरुमा पुरयाउन सुझाएका छन् ।
त्यसैगरी परियोजना थप गरि अझै प्रभावकारी ढंगले गाउँपालिका र अन्य सरोकारवाला संघसंस्था सबैसंग समन्वय गरेर कार्यक्रमलाई अगाडी बढाउनुपर्ने सबैको सुझाव रहेको छ । पुस्तकालयमा गुनासो सुनुवाई कक्ष स्थापना गर्न र दोश्रो तल्लालाई पनि अपांग मैत्रि बनाउन परियोजना माग गर्ने सहभागिहरुको सुझाव रहेको थियो । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले परियोजना मार्फत भएका सकारात्कम कामहरुको प्रशंसा गर्दै स्थानीय सरकारको तर्फबाट पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
सो अवसरमा गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,गढवा उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने,रेडक्रस उपशाखा गढवाका सभापति दयाराम यादव,गढवा खानेपानीका अध्यक्ष लेखबहादुर थापा,वडा सदस्य श्रीराम यादव,नवस्वर्गद्धारी महिला सहकारकिा अध्यक्ष रेखा थापा र सहभागीहरु बिनु नेपाली र जानकी भुसाल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले परियोजना थप गर्न रिड नेपाल र गाउँपालिकालाई आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादवले गर्नुभएको थियो ।

