
jmb
Bpb
gms
Ddh
Gsbus
Sys
jms
smb
Rg-9
Ssbus
Rus
Asm
sks
Ppu

Gg5
Ln9
Tsb
Ln8
kbs
Dps
Rys
Ln2
Gg1
Asm
bmj
Ssb
Ln1
cks
Ln3
Hl1
Usb
bml
Gsb
Ln7

Sab
Gg6
Gg4
Gg2
Ksb
ptl
Gg3
Sbs
Jpb
Rgu
Snk
Nps
Gjl
Jab
Rss
Sml
Bpb
दाङ । दाङमा भोलीदेखि टाइफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भोलीदेखि सञ्चालन हुने खोप अभियान वैशाख ११ गतेसम्म जारि रहने स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो ।
आज पत्रकारहरु संगको छलफल कार्यक्रममा कार्यालयका प्रमुख अंगद बहादुर शाहीले यो अभियानमा जिल्लाका लक्षित उमेर समुहका कुनै पनि बालवालिका बञ्चित नहुने जानकारी गराउनुभएको छ । पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएकोे छलफल कार्यक्रममा १५ महिनादेखि १५ बर्षमुनीका सम्पूर्ण बालवालिकाहरुलाई खोप अभियानमा सहभागि गराईने उहाँले बताउनुभयो । यो रोगबाट बच्नको लागि नियमित सरसफाई र खानपानमा ध्यान दिनुपर्ने प्रमुख शाहीको भनाई छ ।
खोप प्रदान लागि विद्यालयहरुमा केन्द्र स्थापना गरिने र अभियानको भोलीपल्ट स्वास्थ्य कार्यालय मार्फत छुटेका बालवालिकाहरुलाई एक दिन खोप प्रदान गरिने कार्यालय दाङका प्रमुख शाहीले जानकारी दिनुभयो ।
यसैविच स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत् खोप शाखा प्रमुख सागर दाहालका अनुसार अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिने भएको छ ।
