
Unsku
sbs
Rgp
pku
Pbu
Ggp
Srbpu
Gfs
Pes
Djs
cjs
Rgp1
Sgr
Lnp

Rsb
Ksm
Wsp
Sbs
Vor
Rgu
Asm
Hal
Tsm
Pvg
Ssm
Gst
Bbbpu
nsb
Bbu
Rgs
Sls
Rgu
Ggd

bbt
Rmb
Jmb
Rpp
Bml
Ptm
Abd
Gsb
sab
Pls
Jmb
Syp
Mks
दाङ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ को आयोजनामा आज महिलाको प्रजन्न तथा पाठेघरको मुखको क्यान्सर भिआईए जाँच गर्ने १ दिने शिविर सम्पन्न भएको छ ।
वडा नंम्वर १४ को आयोजनामा नयाँ बजार शहरी स्वास्थ्य केन्द्र तिनकुने चोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ९० जनाले सेवा लिएको केन्द्रका ईन्चार्ज प्रभा आचार्यले जानकारी दिनुभयो ।
महिला विशेषज्ञ डाक्टर विमला तिवारीद्धारा ८० जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाच गरिएको हो भने अन्य १० जनालाई प्रजन्न स्वास्थ्य एवं परिवार योजनाका बारेमा सचेत पारिएको हो ।
आज विहान ११ बजेदेखी सुरु भएको शिविर बेलुकी ६ बजेसम्मै चलेको हो । शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले महिलाको स्वास्थ्य स्वस्थ भएमात्रै घरपरिवार हुदै समाज र राष्ट्र स्वास्थ हुने बताउनु भयो ।
एउटा महिलाको स्वास्थ्य स्वस्थ भएमात्रै त्यस घरपरिवारको सम्पुर्ण कुराहरु स्वस्थ हुने भन्दै महिलाको स्वास्थ्यलाई सबैले गम्भिरताका लिनु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रमको सहजिकरण केन्द्रका ईन्चार्ज आचार्यले गर्नुभएको थियो ।
