
Lnp
Usb
Asb
Sgp
Dus
Ggp
Rgp
Lks
Dbs
Rgp
Rgp
Jns
Ggp
lnp
ksb
Rgp


दाङ । दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका असहाय परिवारकी सदस्य सतली मगर्नीले २१ वर्षपछि घर प्राप्त गर्नुभएकाे छ ।
सशस्त्र द्वन्द्वका क्रममा रोल्पाबाट श्रीमान जीतबहादुर घर्तीमगरसंग घोराही आउनुभएकी सितलाका श्रीमानलाई सेनाले बेपत्ता पारेपछि ढेबलीमा बसोबास गर्दै आउनुभएकाे थियाे। श्रीमान जीतबहादुर घर्तीलाई २०५८ मंसिर १३ गते सोधपुछका लागि ब्यारेकमा लगेर बेपत्ता पारेको थियो । घोराही उपमहानगरपालिका-१४ ढोडेनीमा घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।
कार्यक्रम पुर्व सभामुख कृष्णबहादुर महाराले उदाहरणीय काम भएको बताउनु भयाे । संघीयताको मर्म अनुसार स्थानीय सरकारले गरेको महत्त्वपूर्ण जनसेवाकाे काम भएको बताउनुभयाे । उहाँले यो द्वन्द्वपीडित,असाहय र अनाथलागी आगामी दिनमा यस्ता काम गर्न आग्रह गर्नुभयाे । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दश वर्षीय जनयुद्धका असाहय परिवारदेखि सडक जीवन बिताइरहेका मानिसहरुको लागि महत्त्वपूर्ण काम भएको बताउनुभयाे
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यले नागरिककाे गाँस, बास र कपासकाे ग्यारेन्टी गर्नु पर्ने दायित्वलाई यसै गरि गरेर अघि बढ्न जरुरी रहेकाे बताउनुभयाे । उपभोक्ता समितिका अध्यक्ष नरेश केसीले भवन निर्माणका लागि खर्च सार्वजनिक गर्नुभएकाे थियाे । साे घर वडा कार्यालयबाट विनियाेजित ७ लाख र नगरस्तरीय बजेट ३ लाख १९ हजार गरि कुल १० लाख १९ हजारमा ३ वटा काेठा, शाैचालय, भण्डार कक्षसहित बनेकाे छ ।
वडा सदस्य गुलाम रसुलको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश चौधरीले गर्नुभएकाे थियाे । जिल्लामा एक सय २६ जना सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएकाे तथ्यांक रहेकाे छ ।
