
Usb
Rgp
Rgp
Lks
ksb
Ggp
Asb
Dbs
Jns
lnp
Lnp
Dus
Sgp
Rgp
Ggp
Rgp


दाङ । नमूना आँप खोली खानेपानी तथा सरसफाइ
समिति भालुबाङ्को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाका प्रमुख अतिथि दाङ जिल्ला खानेपानी तथा सरसफाई ब्यबथापन समितिका अध्यक्ष ध्रुब ठकुरी र विषिष्ट अतिथि भुपु शैनिक क्याप्टेन जित बहादुर झाक्री मगर रहनु भएको थियो भने अन्य अथितिहरु समाजसेबी गेम बहादुर खड्का,राप्ती गाउँपलिका मगर संघ सचिब तथा नमूना खाने पानी समितिका सल्लाहकार हिरा बहादुर झाक्री मगर,नेपाल मगर संघ वडा अध्यक्ष गणेश पुन मगर,भुपु शैनिक भालुबाङका अध्यक्ष विष्णु केसि लगायत अन्य अथितिहरुको बाक्लो उपस्थिति रहेको थियो । यसैगरी साधारणसभाको उद्घाटन प्रमुख अतिथिले पनासमा बत्ति बालेर उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी जित बहादुर झाक्री मगरले पुराना परिमार्जन गरेर नयाँ पानी संकलन गर्ने ट्याङ्की अति जरुरी रहेको बताउनु भएको छ । साथै झाक्रीले सबै संघ संस्थाहरु संग मिलेर अगाडि बढनु पर्ने पनि बताउनु भएको छ । यसैगरि अन्य अथितिहरुले पनि पानी हाम्रो प्रण हो पानी जन्तादेखि नेता सबैलाई पानी चाहिन्छ यहाँ कुनै जनप्रतिनिधिको उपस्थिति नरहेको गुनासोहरु पनि पोख्दै अजै पुरुष प्रधान शोच हाबी रहेको पनि बताएका थियो ।
त्यस्तै उक्त नमूना खानेपानी२०६५सालमा क्याप्टेन कुसल सिं पुनको पहलमा स्थापना भएको खानेपानीले राप्तीको नदीको छेउछाउमा कुवा बनाएर पानी खाने जन्ताहरुको निम्ति धाराको पानी खानेसम्म बनाएका थिए । उक्त खानेपानीले १४६ घर दुरी बाट सेवा दिएर हाल २९३ घर दुरीलाई खानेपानी उपलब्ध गराई राखेको छ । नमूना खानेपानीलाई विभिन्न जि.द्ब्लु.एस लगायत गाउँ पालिका,वडा पालिकाहरुले सहयोग गरेर यहाँसम्म आयो अब अझै नयाँ युग अनुसार पाइपलाइन, ट्याङ्की र फिल्टरिङ्ग गर्नको निम्ति यो समिति नयाँ कदम चाल्नु पर्छ बाकी बाटो देखाउने काम हाम्रो भनेर प्रमुख अथिती द्रुब ठकुरीले सुझाब दिनु भएको छ ।
साधारणसभा कार्यक्रममा प्रगति प्रतिवेदन नमूना आँप खोली खानेपानी तथा सरसफाई ब्यबस्थापन समितिकि अध्यक्ष गौमाया केसीले गर्नु भएको थियो भने वार्षिक प्रतिवेदन समितिका कोषाध्यक्ष बासुदेब पुन मगरले गर्नु भएको थियो । खानेपानीको लागि मुख्य प्राबिधिक भुमिका निभाउनु हुने प्राबिधिक बिस्नु के.सीलाई नगद तीन हजार पाँच रुपैया स्वरुप सम्मान गरिएको थियो ।
यसैगरि नमूना आँप खोली खानेपानी समितिको साधारणसभा कार्यक्रमको सभापतित्व गौमाया के.सीले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्त्बय समितिकी अन्जु बिष्टले गर्नु भएको कार्यक्रमको सन्चालन पत्रकार महेश रिजालले गर्नु भएको थियो ।
