
dpm
Sdc
Ges
Gesld
snmbs
Dbc
Pbu
Mbf
Dpm
Snmbs
Snmbs


दाङ। देउखुरीको गढवा गाउँपालिकार राजपुर गाउँपालिकामा रहेका अस्थायी क्वारेन्टाइनको अनुगमन प्रदेश नम्बर ५ का सांसद द्वारा बिहीबार अनुगमन भएको छ । माननीय सांसद दोय रेवतीरमण शर्मा र दामा शर्मले कोरोना भाइरस रोग नियन्त्रणको क्षेत्रमा तीन तहकै सरकारले सफलतापूर्वक काम गरेको बताउनु भएको छ ।जिल्ला समन्वय समिति दाङले आयोजना गरेको पालिका स्तरका क्वारेन्टाइन अनुगमनको क्रममा भएको छलफलमा माननीय सांसद रेवतीरमण शर्माले कोरोना भाइरस नियन्त्रणको क्षेत्रमा भएका प्रयासहरु सफल भएको बताउनु भएको हो ।त्यस्तै, शर्माले कोरोना भाइरस नियन्त्रणको क्षेत्रमा स्थानीय पालिकाबाट भएको खर्च आर्थिक पारदर्शीताका निम्ति विवरणहरु सार्वजनिक गर्न अनुरोध गर्नु भयो । खर्च विवरणहरु सार्वजनिक गर्दै जवाफदेहीता र पारदर्शीतामा उदाहरण बन्न अनुरोध गर्नु भएको हो । पछिल्लो समय क्वारेन्टाइनहरु खाली हुन थालेको,वैदेशीक रोजगारीमा गएकाहरुको घर फर्किने दर घट्दै गएको पालिकाका अध्यक्षहरु द्वारा जानकारी गराईएको थियोे । यस्तै अर्का माननीय सांसद दामा शर्माले अस्थायी क्वारेन्टाइनको संख्या विस्तारै घटाउदै लैजान सुझाव दिनुभएको छ । स्वाव परिक्षणमा ढिलाई गर्न नहुने भन्दै उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणमा आलटाल गरे जिल्ला बाहिर लगेर भएपनि परिक्षण गराउन सुझाव दिनुभयो ।गढवा गाउँपालिका र राजपुर गाउँपालिका स्तरमा गरिएको अनुगमनको क्रममा पालिकाका अध्यक्षहरुले सुरुका दिनमा क्वारेन्टाइन व्यवस्थापनमा केही चुनौती थपिएपनी त्यसको सफल व्यवस्थापन गर्न सकिएको बताउनुभयो ।
