
Nsb
Ksb
Rks
Bsn
Rsb
Ppu
Ssb
Usb
Ksb
jsb
Ksb
Tgp
Csb
Fmb
Gsb
Ssb

Usb
Gsb
Tsb
Ssb
Hl1

Nps
ptl
Rgu
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ पर्सेनीमा रहेको दिपेन्द्र होम जोन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना घिमिरेले आफ्नो विद्यालयलाई १२ हजार बराबरको १५ वटा प्लास्टिक कुर्सी हस्तान्तरण गर्नु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना घिमिरेको अध्यक्षता तथा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको प्रमुख आतिथ्यता एवं वडा नम्बर ४ का वडा अध्यक्ष गुलाम मोहम्मदको विशेष अतिथिमा शुक्रबार सम्पन्न भएको कार्यक्रममा अध्यक्ष घिमिरेले कार्यालयमा शिक्षक, शिक्षिका लगायत अन्य अतिथि आउँदा बस्नको लागि पर्याप्त कुर्सी नभएको हुँदा आफुले सो विद्यालयमा शिक्षक राख्नको लागि समितिद्वारा शिक्षक छनोट कार्यमार्फत प्राप्त भत्ताले उक्त सामग्री खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेको बताउनु भयो ।
विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा प्रधानाध्यापक लाल बहादुर भण्डारीले विद्यालयको गतिविधि बारे जानकारी गराउदै आउँदो २०७९ साल बैशाख १० गते भव्य रुपमा विद्यालयको वार्षिक कार्यक्रम गरेर मनाउने बताउनु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक गंगा कुमालले गर्नु भएको थियो ।
