शिबराज पन्थी/गढवा सोमबार, फाल्गुण ३०, २०७८

दाङ । नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठानको आयोजनामा सोमवार देउखुरीको गढवामा अबधि संग्रहालयको शिलान्यास गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले लोपोन्मुख कला संस्कृतिको संरक्षण,सम्वर्धन र उन्नयन गर्न यस संग्रहालयको महत्व रहने भन्दै यदुबंशी समुदायका ऐतीहासीक,पुरातात्वीक,धार्मक तथा परम्परागत संस्कृति झल्कीने सामाग्रीहरु यस संग्रहालयमा रहनुपर्ने बताउनुभयो । गढवामा एक नमूना योग्य संग्रहालय बनाउन नेपाल अवधी संस्कृती संरक्षण प्रतिष्ठानले भूमीका खेलोस स्थानीय सरकारको तर्फबाट हामी समन्वय र सहकार्य गर्ने छौं–उहाँले बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिका वडानं.६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल,वडा सदस्य श्रीराम यादव,प्रतिष्ठानका उपाध्यक्ष गिता यादव,पण्डित सतगुर यादव लगायत प्रतिष्ठानका कार्यकर्ताहरुको सहभागीता रहेको थियो । लुम्बिनी प्रदेश सरकारको कानून,महिला, वालवालीका तथा जेष्ठनागरीक मन्त्रालयको कुल १० लाख र स्थानीय समुदायको १ लाख ९२ हजार गरि कुल ११ लाख ९२ हजारको लागतमा उक्त भवन निर्माण गर्न थालीएको प्रतिष्ठानले जनाएको छ ।

हाल २ कोठा भवनको प्राबिधिक स्टिमेट भएको र निकट भबिश्यमा यस संग्रहालय प्राङ्गणमा शिव मन्दिर,सिमसार संरक्षणका लागि तलाउ तथा पोखरी,पार्क तथा अन्य आकर्षक सजावट सहित शुन्दर र रमणीय धार्मिक स्थलको रुपमा बिकास गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव रामकुबेर यादवले गनुृभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]