तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका आइतबार, फाल्गुण २९, २०७८

दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र इलाम को दाङ स्थित परियोजना क्षेत्रको अनुगमन गरिएको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गतका कार्यहरुको अनुगमन गरेको हो ।

नामसालिङ सामुदायिक विकास केन्द्रले जलवायु अनुकूलित गाउँ कार्यक्रम अन्तर्गत समुदायलाई सौर्य पम्पमा आधारित सिंचाई तथा खाने पानी, विभिन्न ऊर्जा, श्रम तथा खाद्य तत्व मैत्री कृषि प्रविधि प्रविधि, ऊर्जा तथा श्रम मैत्री सिंचाई, प्लास्टिक घर खेती प्रविधि, बायो ग्यास चुलो, सुधारिएको धुवाँरहित चुलो, साना कृषि यन्त्र, लगायत को सहयोग पुर्याउदै आइरहेकोमा सो कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो ।

राप्ती गाउँपालिका क्षेत्रमा संचालित जलवायु अनुकूलित गाउँ कार्यक्रम को अनुगमनमा विकास कोष नर्वेकी नेपाल प्रतिनिधि क्रिस्टिन तथा योगी कायस्थ, नाम्सालिङ को परियोजना टिम लिडर हीरा बहादुर घले, परियोजना संयोजक सुबोध निरौला, नविकरणीय उर्जा कार्यक्रम संयोजक घनेन्द्र भण्डारी, कार्यक्रम संयोजक शशाङ्क आचार्य, फिल्ड सुपरभाइजर धर्म यादव तथा नाम्सालिङ का फिल्ड प्राविधिक हरुको सहभागिता थियो ।

राप्ती गाउँपालिकामा सन् २०१७ देखि सुरु भएको चार बर्षे परियोजना सन् २०२० मा सम्पन्न गरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत यसै गाउँपालिकामा कार्यक्षेत्र विस्तार गर्दै ५ वर्षे परियोजना सुरु गरिएको छ जसमा विशेष गरी कृषि, पशुपालन, अन्य आयआर्जनका कृयाकलाप, खानेपानी, सिचाई आदि जस्ता क्षेत्रमा गाँउपालिकासंग समन्वय गरी कार्यक्रम सञ्चालन भइरहेको छ । नामसालिङ सामुदायिक विकास केन्द्रको प्रमुख लक्ष्य एकीकृत समुदायिक विकासको माध्यमबाट ग्रामिण जनताको जिवनस्तर उकास्नु हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]