
Rksr-7
Jsbg-7
Gsbr-6
ksbl-7
Pbu
jsbr-3
Msbg-2
Csbg-7
Gsbg-3
Usbl-7


पर्सा । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट अवैध सालको काठसहित १ जनालाई गस्ति टोलीले पक्राउ गरेको छ ।
सब डिभिजन बन कार्यालय रङ्गपुर टाडीका सहायक बन अधिकृत कपिलदेव यादवको नेतृत्वमा खटिएको बन गस्ति टोलीले काठ तस्करी गरेर फर्निचरमा लैँजादै गरेको अवस्थामा काठसहित तस्करलाई पक्राउ गरेको हो ।
ना. १७ प ७१२८ नम्बरको मोटरसाइकलमा सालको २ थान चिरान काठ लैँजादै गरेको अवस्थामा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी दिनेश शाहलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय रङ्गपुरका सहायक बन अधिकृत यादवले जानकारी दिनु भयो ।
