तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका आइतबार, फाल्गुण २९, २०७८

दाङ । उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गरेका दाङ तुलसीपुर–३ रानागाउँका ऋषि परियारलाई सिसहनीयाँमा स्वागत गरिएको छ ।

नेपाली काग्रेशका युवा नेता तथा कार्यपालिका सदस्य सन्जीव छिनालले एक कार्यक्रमको आयोजना गरि ऋषि परियारलाई सिसहनिया बासीको तर्फवाट स्वागत तथा शुभकामना ब्यक्त गरिएको हो ।

ब्यवसायी समेत रहेका सन्जीव छिनालले आयोजना गरेको स्वागत तथा शुभकामना ब्यक्त गर्ने कार्यक्रममा सिसहनिया उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्श,सिसहनिया खानेपानी तथा सरसफाई समिति,प्रहरी चौकी,ब्यवसायी,विद्यार्थी,खेलाडि, स्थानिय नागरिकले उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गरेका ऋषि परियार सम्मान गर्दै उपहार समेत प्रदान गर्नु भएको थियो ।

काठमाण्डौ टेलरीङ सेन्टरको तर्फवाट राष्ट्रिय पोशाक तथा नगद समेत प्रदान गरिएको थियो भने उद्योग बाणिज्य संघको तर्फवाट अभियानमा सहयोग पुराउन १ हजार रुपैया समेत प्रदान गरिएको थियो । हातले टेकेर यसअघि विश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल ऋषि परियारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गर्नु भएको थियो ।

स्वास्थ्यका लागि मेची– महाकाली उल्टो पैदल यात्रा’ नाराका साथ यो अभियान सुरु गरेको परियारले बताउदै स्वागत तथा शुभकामनाको लागि सिसहनियामा उपस्थीत सबैलाई धन्यवाद समेत दिनुभएको छ । आफूले गर्ने गतिविधिहरू नयाँ र रोचक हुने भएकाले यसपटक पैदल यात्रा सुरु गरेको परियारको भनाई रहको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]