Sidha Patra शनिबार, फाल्गुण २८, २०७८

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तेस्रो दिन शनिवार उल्लेखीय सहभागिता रहेको थियो ।

प्रदर्शनीमा दैनिक भिड बढदै गएको छ । विहान देखि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरु संगै रमाएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै नाचेका थिए । नागरिकहरुलाई घाम वाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ ।

यसले नागरकलाइ बस्न समेत सहजता भएको छ ।
प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो । शनिवार कलाकारहरु खुमन अधिकारी, टिका पुन , प्रकास रेग्मी , भागिरथ चलाउने, दिपाशा वि सी, अभिषेक खडका, विष्णुमाया पौडेल, सापटी काका र घिरौले मेरी बासैका हास्यकलाकारहरु तथा स्थानिय कलाकारहरुले दर्शकलाई नचाएका थिए ।

शनिवार दाङ र प्युठान, नवलपरासी र पुर्व रुकुमको विच प्रतियोगीतामा दाङ जिल्ला उद्योग बाणिज्य संघ विजयी भएको छ । प्रदर्शनीमा हेलीकप्टर बाट स्वर्गद्धारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरुको सङख्या उल्लेखीए देखिएको छ । भने वालवालिकाहरु वल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]