चितवन । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका(२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन् । ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काका शुक्रबार बेलुका पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको थियो ।
यस्तै उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । तृप्ति र आर्यन आमा छोरा भएको खुलेको छ । रविन आफन्त हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।