अजय मिश्र/कपिलवस्तु शुक्रबार, फाल्गुण २७, २०७८

दाङ । युनिसेफ नेपाल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा दाङको घोराहीमा एक द्वार संकट व्यवस्थापन केन्द्र ( OCMC) तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि दुई दिवसीय कार्यक्रम समापन भएको छ ।

एक द्वार संकट व्यवस्थापन केन्द्रको प्रभावकारी सेवा प्रवाहका लागि सरोकार वालाहरूको क्षमता अभिवृद्धि गरि उनीहरूलाई थप जिम्मेवार बनाउन तथा हिंसा प्रभावित महिला तथा बाल बालिका हरूलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गरिने उद्देश्यका साथ तालिम आयोजना गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका निर्देशक डा. प्रज्ञा वस्नेतको अध्यक्षता तथा घोराही उपमहानगर पालिकाका उप प्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख अतिथ्यमा उक्त तालिमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले OCMC हरूमा बालमैत्रि तथा किशोर किशोरी मैत्री सेवा प्रवाह होस् भन्ने हेतुले सम्पूर्ण सरोकार वाला हरूको क्षमता अभिवृद्धि कार्यक्रम प्रदेश मन्त्रालय संग छलफल गरि प्रतिष्ठान संगको सहयोगमा संचालन गरिएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका निर्देशक डा. प्रज्ञा वस्नेतले OCMC का सरोकार वालाहरूको क्षमता अभिवृद्धि कार्यक्रम अति आवश्यक रहेको बताउदै यस तिलिम पश्चात OCMC ले सरोकार वालाहरूको थप सक्रियता तथा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि एवं उपमहानगर पालिकाक उप प्रमुखले यस तालिमले OCMC का सरोकार वालाहरूको भूमिका लाई अझै प्रभावकारी बनाउदै सम्पूर्ण लैंगिक हिंसा पिडीत महिला तथा बाल बालिका हरू लाई आवस्यक उपचार एवं सेवा प्राप्त गर्न सहयोग पुग्ने कुरा बताउनुभयो ।

कार्यक्रममा सहजकर्ता सूर्य पौडेल, प्रकाश कैनी र प्रकाश घिमिरे, अम्मर बस्नेतले सहजीकरण गर्नुभयोl कार्यक्रमको औपचारिक सत्रको संचालन राधा पौडेलले गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]