
Gfs
Pes
Rgp
Rgp1
Unsku
Sgr
sbs
Srbpu
cjs
Djs
pku
Pbu
Ggp
Lnp

Hal
Rgs
Bbu
Bbbpu
Rsb
Wsp
Asm
Pvg
Tsm
Gst
Rgu
Sbs
nsb
Vor
Ggd
Ksm
Ssm
Rgu
Sls

Bml
Rpp
Syp
Mks
Jmb
Rmb
Gsb
Pls
sab
Jmb
Abd
bbt
Ptm
दाङ । उत्पादीत खाद्यवस्तुको गुणस्तरर लेवलिङ तथा प्याकेजिङमा ध्यानदिन एक कार्यक्रमका सहभागीले बताएका छन् । उत्पादीत खाद्यवस्तुको गुणस्तरर लेवलिङ तथा प्याकेजिङ सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले उद्योगबाट उत्पादीत बस्तुको प्याकेजिङ र लेवलिङमा ध्यानदिन व्यवसायीलाई आग्रह गरेका हुन ।
खाद्यबस्तुको गुणस्तरता जोगाउनको लागी प्याकेजिङले मद्धत गर्ने र हरेक प्याकेजिङ्गमा लेवलिङ्ग अनिवार्य लगाउनुपर्नेमा उनीको भनाई रहेको थियो । घरेलु तथा सना उद्योग कार्यालय दाङले देउखुरी उद्योग बाणिज्य संघको सहकार्यमा करिब एक सय उद्योगी व्यवसायीलाई उत्पादीत बस्तुको गुणस्तर कायम राख्न लेवलिङ र प्याकेजिङको बारेमा प्रशिक्षण दिएको हो ।
नियम कानुनको परिधिमा रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने, व्यवसाय तथा उत्पादन उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उपमबहादुर ओलीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले बजारमा गुणस्तरीय खाद्यबस्तुको उपलब्धता सुश्चित गर्नुपर्ने बताए ।
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बजार अनुगमन गर्दा अखाद्य बस्तु भेटिने गरेको भन्दै व्यवसायीलाई सचेत गराएका थिए । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका सदस्य सहाना श्रेष्ठले नेपालमा खाद्य सुरक्षा सम्वन्धि कानुनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अधिवक्ता केशवकुमार शर्माले बजारमा उत्पादक, उपभोक्ता र व्यवसायीको दायित्वको बिषयमा प्रकाश पारे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख रिजन कार्कीले खाद्य गुणस्तर तथा लेवलिङको बिषयमा जानकारी गराए । कार्यक्रमको सहजीकरण अधिकृत विक्रम केसीले गरेका थिए ।
