
cjs
Gfs
Sgr
Unsku
Rgp
Djs
Rgp1
Lnp
Pes
sbs
Ggp
Srbpu
pku
Pbu

Tsm
Sls
Ssm
Pvg
Bbu
Vor
nsb
Asm
Ggd
Wsp
Ksm
Rgu
Gst
Bbbpu
Rsb
Hal
Sbs
Rgs
Rgu

sab
Jmb
Mks
bbt
Ptm
Rpp
Jmb
Syp
Pls
Rmb
Gsb
Bml
Abd
दाङ । लुम्बिनी प्रदेशका प्रमुुख अमिक शेरचनले दाङको कृषि क्षेत्रको विकासका लागि मेला महोत्सव मार्फत स्थानीय क्षेत्रको कृषि उत्पादन प्रवर्द्धनमा ध्यान दिनुु पर्ने बताउनुु भएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनीको आज दाङको घोराहीमा सम्बोधन गर्दै कृषि सम्बन्धि ज्ञान, औद्योगिक क्षेत्रबाट उत्पादित बस्तुको उत्पादन प्रवर्द्धन सँगै त्यसको बारेमा ज्ञान र सिकाईको केन्द्र बन्नुपर्नेमा जोड दिनुु भयो ।
उहाँले कुनै पनि मेला महोत्सव तथा प्रदर्शनी आर्थिक लाभका लागि मात्रै नभई जिल्लाको समग्र विकासका लागि सिकाई केन्द्र बन्न सकेको खण्डमा यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो ।
यसैगरी उहाँले नेपालको अर्थतन्त्रमा राष्ट्रिय औद्योगिकरणको दिशामा लैजान नीति निर्माण तहमा सरकारको भुमिकासँगै निजि क्षेत्रको भुमिका अझ बढी हुने हुँदा नीजि क्षेत्रलाई आफ्नो भूमिका अझ बढाउन अपिल गर्नु भयो । स्थानीय सम्भावनालाई उजागर गर्न निजि क्षेत्रले नीति निर्माण तह तथा राज्य पक्षलाई दवाव दिन सकेको अवस्थामा यसले सिंगो अर्थतन्त्रमा टेवा पुुग्ने बताउनुुभयो ।
यस्तै उहाँले कुनै बेला आत्मनिर्भर देश परनिर्भर बन्नुका पछाडि गम्भीर समीक्षा हुन आवश्यक रहेको चर्चा गर्नुभयो । कृषि क्रान्तिका कुरा गरेपनि अहिले पनि देशको अधिकांश भाग सिंचाइ सुविधा नपुगेको ठाउँमा सिंचाई सुविजधा पुुर्याउन राज्यका सबै अंग अग्रसर हुनुुपर्ने जिकिर गर्नुभयो ।
यसैबीच, दाङ पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएकाले भोलिको आर्थिक विकास प्रमुख आधारका रुपमा तीन वटा स्थानले नेतृत्व लिन सक्ने बताउनुुभयो । पूर्वाधार विकास र बस्ती विकास क्रम अनुुसार घोराही, तुलसीपुर र देउखुरी सम्भावनाको क्षेत्र बन्दै गएको दावी गर्नुुभयो । जसका लागि प्रदेश सरकारले तय गरेको राजधानीमा नयाँ शहरको परिकल्पनाका साथ अघि बढेको बताउनुुभयो । यसका लागि दाङबासीलाई उहाँले देउखुरीको राजधानी कार्यान्वयनमा कुनै शंका नगर्न अपिल पनि गर्नुुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदर्शनी मूल आयोजक समिति संयोजक टंकसिंह बुुढाथोकीको अध्यक्षतामा भएको उदघाटन समारोहलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले अब देशको विकासका लागि आर्थिक क्रान्ति हुनुुपर्ने बताउनुु भयो । जसका लागि आन्तरिक उत्पादनको प्रवर्द्धन गर्न मेला महोत्सवका माध्यमबाट अघि बढ्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उदघाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघसंस्था, उद्योग वाणिज्य संघलगायत दर्जन बढी वक्ताहरुले प्रदर्शनी मेलाको सफलताको शुुभकामना दिनुुभएको थियो । आगामी चैत्र ८ गतेसम्म चल्ने प्रदर्शनीमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न तथा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
