शहबाज खान, बुधबार, फाल्गुण २५, २०७८

कपिलवस्तु । आइ आइ.एम.एस कलेज काठकाण्डाैले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आत्मरक्षा तालिम दिई महिला दिवस मनाएको छ । ‘सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ विश्वभरीका महिलाहरुले श्रमिक महिला दिवस मनाइरहँदा आइ आइ.एम.एस कलेजले पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चलाई भव्य रुपमा कार्यक्रम गरी मनाइएकाे आयाेजकले जनाएको छ ।

कलेजले महिला सशक्तिकरणका लागि अध्ययनरत विद्यार्थीलाई आत्मरक्षा गर्नको लागि कराटे तथा आत्मरक्षा गर्दा चाल्नुपर्ने सीपकाे तालिम दिएको हाे । कार्यक्रममा सुलोचन सिजाखा, देवु थापा, साजन श्रेष्ठ र निशा चौधरीले प्रशिक्षण दिएकाे कलेज प्रशासनले जनाएको छ ।

आइ आइ.एम.एस कालेजका सीओ साबिन्द्र महार्जन कार्यक्रममा बोल्दै आज नेपाली महिला समुदायको कुरा गर्दा उनीहरु अन्य शोषित पीडित बर्गका जन समुदायकासाथ सामन्ती पुरुष प्रधान सामाजिक संरचनाका कारणले थप लैंगिक शोषणको शिकार हुनु परिरहेको छ । उनीहरुमाथिको घरेलु सामाजिक हिंसा, प्रताडना,बलात्कार र हत्यासम्मका दमन र शोषण लैंगिक कारणले बढी हुने गरेका छन् । त्यसैले महिला समुदायमाथिको दोहोरो शोषण र उत्पीडनबाट उनीहरुलाई मुक्त गर्न स्वयं महिला समुदाय र उनीहरुका साथै अन्य शोषण, अन्याय र उत्पीडनमा परेका आम जन समुदायको एकता र एउटै आवाज आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

महिला समुदायको समस्या केवल महिलाको मात्र समस्या नभएर यो उत्पीडन र शोषणको समस्या भएकाले शोषित उत्पीडित सम्पूर्ण जन समुदायको संयुक्त आन्दोलन आज राष्ट्रिय आवश्यकता बन्न गएको सीओ महार्जनले बताए। कलेजकाे कार्यक्रम संयोजक नुशरत जहाँले आधुनिक विश्वमा अब महिला माथिका सबै खाले विभेद अन्त्य गर्नुपर्ने बताउँदै महिला र पुरुषकाे समान अधिकार र व्यवहार अहिलेको आवश्यकता रहेकाे बताइन् । उनले समान अधिकारका लागि महिलालाई सिप र स्वरोजगार दिनुपर्नेमा जिकिर गरिन् । श्रमको उचित मूल्य, सामाजिक सुरक्षा, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम गर्न पाउनुपर्ने जाेड दिइन् ।

महिला अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको व्यवहारमै कार्यान्वयन लागु गर्नुपर्ने बताउँदै सामाजिक र राजनैतिक अधिकार पनि सुनिश्चित हुनेपर्ने उनले माग गरिन् । राज्य दिने हरेक महिला अधिकारलाई सरकारले कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न जहाँले अनुरोधसमेत गरिन् । कार्यक्रम संयाेजक नुशरत जहाँले प्रशिक्षकलाई सम्मान पत्रसमेत प्रदान गर्दै धन्यवाद दिइन् । आगामी दिनमा पनि IIMS कलेजले महिला सशक्तिकरण तथा विकासको लागि थप कार्यक्रम गरिने प्रतिबद्धताका जनाएकी छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]