
lnp
Rgp
Rgp
Usb
Jns
Dus
Rgp
Pbu
Asb
Lnp
Dbs
ksb
Ggp
Lks
Rgp
Sgp
Ggp


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कृषि विकास बैंक , लिंक मार्ग पूर्वका वासिन्दाहरूले आफ्नो टोलको नामकरण वजरंग टोल राख्ने निर्णय गरेका छन् ।
टोलवासी हरूको भेला गरि टोलको सर सफाई, सौन्दर्यीकरण, सुरक्षा, बाटो नाली आदिको बारेमा छलफल गरि टोलमा देखिएका सम्सयाहरु टोलमा बसोबास गर्ने घरधुरीको पहलमा नै समाधान गर्ने र आफ्नो स्तरबाट समाधान हुन नसक्ने समस्याहरु सम्बंधित सरोकार वालाको सहयोगमा समस्या समाधान गर्ने छलफल गरेका छन् ।
उक्त भेलाबाट टोलको सिमाना छुट्याउने, उक्त क्षेत्र भित्र बसोबास गर्ने घरधुरीहरू का व्यक्ति यस टोल समितिको सदस्य रहने, तथा उक्त क्षेत्र लाई वजरंग टोल नामले नामाकरण समेत टोलवासी हरूले गरेका छन् l टोलबासी हरूको छलफल अनुसार टोल कार्य समिति गठन गरेका छन् ।
त्यस्तै अध्यक्षमा अखलेश्वर पाण्डेय,उपाध्यक्षमा राम चन्द्र विश्वकर्मा,सचिवमा जगदीश प्रसाद गुप्ता, कोषाध्यक्षमा प्रदुम्न शुक्ला लगायत एघार सदस्यि समिति गठन गरेको छ । उक्त छलफलमा ३० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।
