शिबराज पन्थी/गढवा मंगलबार, फाल्गुण २४, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिकाले विविध कार्यक्रमका साथ नारी दिवस मनाएको छ । उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद दामा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै शर्माले महिलाहरुको पक्षमा कानूनहरु प्रसस्तै बनेको तर पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । पुरुषको हाराहारीमा पुग्न र बनेका कानूनहरु कार्यान्वयनमा लैजान अझै धेरै संघर्षहरु बाँकी रहेको उहाँले बताउनुभयो । गढवा गाउँपालिकाले मंगलबार आयोजना गरेको ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमलाई संबोधन गर्दै शर्माले यस्तो बताउनुभएको हो ।

कानूनी रुपमा संबिधानतःपैत्रिक संपत्तिमा छोरा सरह छोरीलाई संपत्तिमा अधिकार उल्लेख गरिएको भएपनि ब्यबहारतः लागु हुन नसकेको उहाँले बताउनुभयो । युरोप र अमेरीकाका महिलाहरुले कारखानामा काम गर्दा समान कामको समान ज्यालाको माग गर्दे गरेको बिराट आन्दोलनको बिजयको परिणाम श्रमिक महिला दिवस मनाउन पाएको कार्यक्रममा उहाँले बताउनुभयो । नारी दिवस संझीरहँदा सबै क्षेत्रका श्रमजिवी महिलाहरुको सम्मान गर्दै असमानता निराकरण गर्ने चेतना श्रमिक महिला दिवसले दिओस–शर्माले भन्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले महिलाहरुलाई राज्यले माथी उठाउन थुप्रै सुविधाहरु ल्याएको र ति सुविधाहरु हाँसील गरि पुरुष सरह अगाडी बढ्न नारी दिवसले सन्देश प्रबाह गरोस भन्नु भयो ।

महिलाहरु अधिकार प्राप्तीका लागि न्यायपुर्ण ढंगले संघष गर्र्दै अगाडी बढ्न सकेमात्र श्रमिक महिला दिवसको सार्थकता रहने उहाँले बताउनुभयो । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकार कर्मि सकुन्तला डिसी, जया बिश्वकर्मा, मधा न्यौपाने, वालीका शर्मा,बिष्णुदेवि कँवर र सबिना खातुन लगायतले बोल्नुभएको थियो । न्यायिक समितिका सदस्य कमला नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन कार्यपालिका सदस्य शोभा रावतले गर्नुभएको थियो ।

गढवा गाउँपालिका र यहाँ कृयाशिल दर्जन बढी संघसंस्थाहरुले बिविध कार्यक्रमकासाथ ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएका हुन । कार्यक्रममा महिला जनप्रतिनिधी, स्थानीय संघसंस्था,महिला अधिकारकमिर्, शिक्षक महासंघ, बिभिन्न बिद्यालयका प्रअहरु,नागरिक समाज,सुरक्षाकर्मि र संचारकर्मिको उपस्थिती रहेको थियो । कार्यक्रम अन्तर्गत फागुन २२ र २३ मा दिन गढवा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको छ । फागुन २४ का दिन गढवा गाउँपालिकाभरका सरकारी र निजी बिद्यालयका कक्षा ८ देखि १२ सम्मका बिद्यार्र्थीहरु बिच स्थलगत निबन्धलेखन प्रतियोगिताको आयोजना गरिएको महिला तथा वालवालीका शाखाले जानकारी दिएको छ ।

मंगलबार गढवा पञ्चैबाजा कला संस्कृतिको पंचैबाजा झाकी र मयुरनाच लगायतका बिभिन्न साँस्कृतिक झाँकीहरु सहित गढवा बजारमा शोभायात्रा तथा र्याली गरिएको र महिलाहरु बिच कुर्सी दौड,तातो आलु र २ सय मिटरको दौड लगायत बिविध खेलकुद प्रतियोगीता सम्पन्न भएका महिला तथा वालवालीका शाखाले जानकारी दिएको छ । सो अवसरमा आयोजित खेलकुद प्रतियोगिता,निबन्ध लेखन र झाँकी जुलुसमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

गढवा गाउँपालिका मुख्य आयोजक रहेको सो कार्यक्रममा गढवाका सरकारी गैरसरकारी गरि दर्जनबढी संघसंस्थाहरुको समन्वय र सहकार्य रहेको थियो । जसमा इलाका प्रहरी कार्यालय गढवा, गढवा उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, मुक्त कम्लहरी बिकास मञ्च, सुआहारा कार्यक्रम, आम्दा नेपाल, वन तथा वातावरण, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, दक्षिण देउखुरी अधिकार मञ्च, अन्तरपार्टी महिला संजाल, अनेमसंघ क्रान्तीकारी, स्वान नेपाल, सिपी नेपाल, चेतनशिल महिला समाज केन्द्र,दलित शसक्तिकरण अभियान, रेडीयो साझा आवाज,नवस्वर्गद्धारी महिला सहकारी, बानाथ बचत सहकारी, हिमाल महिला बचत सहकारी, गाउँपालिका स्तरीय वाल सञ्जाल, समुदाय स्रोत ब्यवस्थापन केन्द्र र शान्ति पुर्नस्थापना केन्द्र कोइलाबास सहआयोजक रहनु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]