
Gsbg-3
Rksr-7
Gsbr-6
Usbl-7
Csbg-7
ksbl-7
Jsbg-7
Msbg-2
jsbr-3
Pbu


बाँके । सशस्त्र प्रहरी बल जमुनाह विओपीका प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँबाट ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य २ लाख ८ हजार बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जमुनाह सशस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक बुढाले जानकारी दिनुभएको छ ।
