अजय मिश्र/कपिलवस्तु मंगलबार, फाल्गुण २४, २०७८

कपिलवस्तु । सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र माइती नेपाल, इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह,साना हातहरू, सुआहारा,लगायत संघ संस्थाको सहकार्यमा संचालन भएको थियो ।

कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनले कार्यक्रमको अध्यक्षता गरेका थिइन । अतिथीहरुमा कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेल,लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली,राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, कृष्णानगर नपा वडा नं २ वडाध्यक्ष संजय गुप्ता, शिक्षा शाखा प्रमुख बलराम पन्थी रहेका थिए।

कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले महिलाहरु हक अधिकार बाट वन्चित नहुनु पर्ने बताउदै महिला अधिकार सम्बन्धि समस्या रहेको ग्राउंड जिरो देखि नै समाधान गर्नु पर्नेमा जोड़ दिए । लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली उपस्थित सबै लाई धन्यवाद दिदै महिला लाई उच्च सम्मान दिनु पर्नेमा जोड़ दिदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताउदै महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुने समेत बताउनु भयो।

कार्यक्रममा बोल्दै उपप्रमुख शबनम खातुनले महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताउनुभयो र महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा जोड़ दिदै कार्यक्रम समापनको घोषणा समेत गरेका थिइन । कार्यक्रममा कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्ययले शुभकामना मन्तव्य राख्नुभयो ।

माइती नेपालका विकाश श्रीवास्तव लगायत प्रहरी, कर्मचारी, समाजसेवी, महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, महिला लगायत अन्यको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन इश्वरी प्रसाद पौडेल ले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]