पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८, भालेबासमा आइतबार बसले स्कुटीलाई ठक्कर दिँदा २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आएको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा माथागढी गाउँपालिका वडा नम्बर २ खहरेका सारुको मृत्यु भएको हो ।
त्यस्तै बसको ठक्करबाट स्कुटी चालक गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।