
cjs
Rgp
Sds
Srbpu
Rmb
Lnp
Gis
Ggp
pku
Djs
sbs
Pbu
Gfs
Sgr
Cps
Unsku
Rgp1
Pes
Rgp

Gst
Bbu
Rgu
Tsm
Sls
Rsb
Vor
Ssm
Wsp
Hal
Bbbpu
Sbs
Pvg
Ksm
Asm
Ggd
Rgu
Rgs
nsb

Jmb
Jmb
Mks
Syp
Rpp
Ptm
Pls
sab
Gsb
Abd
Rmb
bbt
Bml
दाङ । गढवा स्थित वाल संसार एकेडमीको तेश्रो वाषिकोत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जय बहादुर चौधरीको अध्यक्षता भएको वार्षिकोत्सब समारोहको उद्घाटन चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिसीले एकेडमी वालवालीका स्याहार केन्द्र र शिक्षाको प्रारम्भिक ज्योति भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल हृदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य,नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव र शेयर सदस्य लालबहादुर यादव लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल सिर्जना धमला (खनाल)ले विद्यालयको संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट अभिभावक शर्मिला दुधराज,बिरेन्द्र चौधरी र पुर्णिमा बुढा लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वर्षभरीको पठन–पाठनमा विद्यालय उत्कृष्ट हुने सोनम चौधरी,अन्य बिद्यार्थीहरु र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रवन्धक निर्देशक माधव शर्मा (पण्डित)को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शेयर सदस्य कृष्ण पन्थीले गर्नुभएको थियो ।

