
Usbl-7
Jsbg-7
Pbu
Gsbg-3
Msbg-2
Csbg-7
Gsbr-6
ksbl-7
Rksr-7
jsbr-3


दाङ । न्याय क्षेत्रमा नागरिकहरुको सहज पहुँच पुरयाउने अभिप्रायका साथ दाङ देउखुरी जिल्ला अदालतले न्यायधिश समेतको उपस्थितिमा शुक्रवार गढवा गाउँपालिकामा नागरीक र अदालत बिच न्यायि संबाद सञ्चालन गरेको छ ।
जिल्ला अदालत दाङका न्यायधिश हिमलाल बेल्बासेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा संबाद कार्यक्रम भएको हो । यसैबिच दाङ देउखुरी जिल्ला अदालतका न्यायधिशहरु हिमलाल बेल्बासे, डिल्लीराज शर्मा,श्रेष्तेदार हिरण्ड्य प्रसाद भण्डारी, शाखा अधिकृत उर्मिला तिमिल्सेना,अधिकत राजेन्द्र कुमार शर्मा,श्रीधर सुवेदी लगायतको टिमल गढवा गाउँपालिकाले हालसम्म गरेका न्याय सम्पादनका अभिलेख र बिवाद निरुपणका प्रकृयाहरुका बारेमा अनुगमन निरिक्षण समेत गरि सल्लाह सुझाब प्रदान गरेको छ । अनुगमनको क्रममा गढवा गाउँपालिकाले न्याय सम्पादनको क्षेत्रमा गरेका कामहरुलाई प्रशंसागर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले न्याय सम्पादनका लागि समेत अनुरोध गरेको छ ।
समाजसंग अदालतको सम्बन्ध बिस्तार गर्दै जनताका गुनासा तथा जिज्ञासालाई ग्रहण गर्न र न्याय क्षेत्रमा नागरिकहरुको सहज पहुँच बृद्धि गर्न जिल्लामै यसबर्ष पहिलो न्यायि संबाद कार्यक्रम गढवा गाउँपालिकामा आयोजना गरिएको जिल्ला न्यायधिश हिमलाल बेल्बासेले बताउनुभयो । कार्यक्रममा न्याय पालिका प्रतिको जनआस्था बढाउन र छिटो छरितो न्याय सम्पादन गर्न नेपाल सरकारले तिन तहका अदालत संगै स्थानीय तहमा न्यायिक समितिको अबधारण ल्याएर कार्यान्वयन गर्दै आएको जिल्ला अदालत दाङका अर्का न्यायधिश डिल्लीराज शर्माले बताउनुभयो ।
यस्तै कार्यक्रममा जिल्ला अदालत दाङका शाखा अधिकृत उर्मिला तिमिल्सेनाले जिल्ला अदालतका काम कार्यबाहीहरुका बारेमा कार्ययोजना र कानूनी अबधारणका बारेमा अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहका न्यायिक समितिका काम कर्तब्य र अधिकार,मुलुकी देवानी अपराध संहिताबारे जानकारी,वाल विवाह,बहुबिवाह र जर्बजस्ती करणीका कानूनी उपचारका कुराहरु,मुद्दा लेखन, दर्ता,म्याद तामेली,प्रतिउत्तर, बहस पैरबी र फैसलाका प्रकृया तथा चरणहरुका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गल्ती नगरे द्धन्द नहुने र समाजमा द्धन्द्ध नभए शान्ती हुने भएकोले शान्ती नै समृद्धिको आधार भएको बताउनुभयो । कानूनी राज्यमा कानूनको मर्यादालाई पालना गर्नु हरेक नागरिकको दायित्व भएको उहाँले बताउनुभयो ।
सो अबसरमा बोल्दै न्यायिक समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले संबिधान र स्थानीय सरकार संचालन ऐनले तोकेको परिधिभित्र रहेर न्यायिक समितिले सकेको काम गर्दै आएको र समय समयमा अदालतको सल्लाह सुझाबले बिवाद निरुपण तथा न्याय सम्पादनमा सहज भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नागरिक समाजका गढवाका संयोजक शंकर पाण्डेय,न्यायिक समितिका सदस्य कमला नेपाली,महिला अधिकारकर्मि जया बिश्वकर्मा, राजनितिकर्मि महबुव अली मुसलमान र स्थानीय दयाराम यादव लगायतले आ–आफ्ना जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । जिल्ला अदालतका श्रेष्तेदार हिरण्ड्य प्रसाद भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अधिकृत राजेन्द्र कुमार शर्माले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय नागरिक समाज, सेवाग्रही,राजनितिक दलका प्रतिनिधी,जनप्रतिनिधी,पत्रकार, शुरक्षाकर्मि र संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
