
jsbr-3
Gsbr-6
ksbl-7
Usbl-7
Csbg-7
Jsbg-7
Rksr-7
Pbu
Msbg-2
Gsbg-3


दाङ । जनता माध्यमिक बिद्यालय कालाकाटेको ४५ औं बर्षिकोत्सव बिहिवार सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द बोहोराको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले शिक्षा क्षेत्रमा गढवा गाउँपालिकाले नयाँ सोचका साथ प्रभाबकारी कार्यक्रम संचालन गर्न सुरु गरेको र यसलाई सबै बिद्यालयहरुले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारी बिद्यालयलाई निजी बिद्यालयसंग तुलना गर्ने वातावरण सृजना गर्न अध्यक्ष यादवले सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथी संबिधानसभाका पुर्व सांसद रश्मीराज नेपालीले सरकारी बिद्यालयहरुमा बैज्ञानिक र ब्यबहारीक शिक्षाको पठन पाठन हुनुपर्ने कुरामा राज्यले चाँसो दिनुपर्ने बताउनुभयो । आजको आवश्यकता ब्यबहारीक शिक्षाको भएको भन्दै स्थानीय सरकारले पनि ब्यबहारीक तथा टेक्निकल शिक्षा कार्यान्वयनमा चाँसो दिनुपर्ने उहाँले बताउनु भयो । कार्यक्रमका अर्का बिशिष्ट अतिथी गढवा गाउँपालकाका प्रबक्ता एवं वडानं. १ का वडा अध्यक्ष बावुराम अधिकारीले गाउँपालिका र वडाको तर्फबाट शिक्षा क्षेत्रमा समुन्नत ल्याउने खालका कार्यक्रम ढिलै भएपनि बनाईएको र त्यसलाई कार्यान्वन तर्फ लैजान शिक्षक अभिभावक र बिद्यालय ब्यवस्थापन समितिले ध्यान दिन आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बासुदेव बेल्बासेले संस्थागत प्रतिवेदन र सामाजिक लेखा परिक्षण संयोजक भरत कुमार अधिकारीले १ करोड ७० लाख ६५ हजार बराबरको आय–ब्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बर्षभरीको पठनपाठन र अतिरिक्त कृयाकमलापमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा सल्लाहकारहरु चन्द्र पुरी,माधव सापकोटा,रङसिङ आधारभूत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमाल,बनघुस्री आधारभूत बिद्यनलयका प्रअ राजितराम यादव,पत्रकार महेश रिजाल,नेपाल हृदयरोग निवारण केन्द्र दाङका सचिव शंकर पाण्डेय, लगायतले बोल्नु भएको थियो । सो अवसरमा तुल्सबहादुर दर्लामी नरबहादुर रखाल स्मृति पुरस्कारबाट कक्षा ६,७ र ८ मा प्रथम हुने बिद्यार्थीहरु क्रमशः संझना कुमाल,आभाष योगी र हिना कुमाललाई पुरस्कृत गरिएको थियो भने दिललक्ष्मी स्मृति पुरस्कारबाट कक्षा १२ मा उत्कृष्ट हुने शिला गिरी र प्रबल जिसीलाई पुरुस्कृत गरिएको थियो । यसैगरी एसइईमा उत्कृष्ट अंक ल्याउने जेहेन्दार छात्रबृत्ति अक्षयकोषबाट अभिनास सुवेदीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै बिद्यालयको काममा आगन्तुक शिक्षकहरु रेखा नेपाली र रामप्रसाद चौधरीलाई सम्मान गरिएको थियो । यसैगरी यसबर्ष निवर्तमान प्रअ मुक्ति प्रसाद शर्मा,बिब्यस सदस्य केसी कुमारी जैसी सुवेदी र कर्मचारी परशुराम शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा बिबिध साँस्कृतक भेषभुषा झल्कीने साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । बिद्यालयका शिक्षक कृष्ण कार्कीको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको संचालन सहायक प्रधानाध्यापक भानु जिएमले गर्नुभएको थियो ।

