Sidha Patra शनिबार, फाल्गुण ०७, २०७८

दाङ । दाङको देउखुरीमा एक पुरुषको हत्या आरोपमा श्रीमती सहित दुई जना पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्वर ३ वसन्तपुर वस्ने अन्दाजी वर्ष ५४ को लप्टेन चौधरीको हत्या गरेको आरोपमा श्रीमती अन्दाजी वर्ष ५० की उमादेवी चौधरी र मसुरिया बस्ने अन्दाजी वर्ष ५२ का हनुमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

फाुगन १ गते काम गर्न जान्छु भनि गढवा गाउँपालिका वडा नम्बर ३ गोवरडिया गएको र घरमा नआएको भनि श्रीमानको खोजतलास गरी पाउँ भनि यहि ५ गते उमा देबी चौधरीले दिएको निवेदन पश्चात निज लप्टेन चौधरीको खोजतलाश गर्ने क्रममा राप्ती नदीमा चौधरीको शव फेला परेको थियो ।

तर घटना शंकाष्पद भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक भुवन भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जादा घटनाको रहस्य खुलेको हो ।

छरछिमेकमा सोधपुछ गर्दा मृतक र निजको श्रीमती बिचको सम्बन्ध राम्रो नभएको खुल्न आएकोले प्रहरीले मृतकको श्रीमती उमा देबी चौधरीलाई सोधपुछ गरेको थियो ।

मृतक श्रीमानले निज महिलालाई कुटपिट गर्ने गरेको र राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया वस्ने हनुमान चौधरीसंग अबैध प्रेम सम्बन्ध रहेको भनि गाउँसमाजमा बेईज्जत गरेपछि हत्याको योजना बनेको थियो ।

गत माघ २९ गते मृतक चौधरीले आफुलाई मार्ने धम्की दिएको र हातपात गरेको भनी हनुमान चौधरीलाई उमादेविले फोन गरी बताएकी थिईन ।

त्यस क्रममा हनुमान चौधरीले अवस्था कस्तो छ भनी सोधेपछी नशामा लठ्ठ भएको भनेर भनेपछी मृतक लप्टेन चौधरीलाई सुतेको कोठामा छाडी उमा देबी चौधरीले १२ बर्ष की छोरीलाई लिई अर्को कोठामा सुत्न गएकि थिईन ।

सोही राति करिब १० बजेको समयमा हनुमान चौधरी घरको दक्षिण पट्टीको खुल्ला रहेको ढोकाबाट घर भित्र पसी मृतक सुतिरहेको अवस्थामा निजको छातीमा मुड्कीले हानी मृतक छटपटाउन लागे पछी भुईमा लडाई घाँटी च्यापी कर्तब्य गरी माररेको चौधरीले प्रारम्भिक सोधपुछको क्रममा बताएको प्रहरीले जनाएको छ ।देउखुरी टाइम्स

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]