बाँके । नेपालगन्ज त्रिभुवनचोकमा प्रजातन्त्र दिवशको अवसर पारेर शनिबार राजा त्रिभुवनको शालिक पुनःस्थापन गरिएको छ ।
विभिन्न आन्दोलनमा उक्त चोकबाट राजाको शालिक हटाइएको थियो।त्रिभुवनचोक पुनःस्थापनाका समर्थकले शालिक राखेको खुसियालीमा नाराबाजी समेत गरे । राप्रपा निकट कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकोमा उनीहरुले परिवर्तनका नाममा ईतिहास मेटाउन नहुनेमा जोड दिए।
राप्रपाका केन्द्रीय सह:महामन्त्री ऋषिराज देवकोटाले नेपालगन्ज त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक रास्त्रबादी देशभक्त युवाहरूले राखेको बताए ।