
Unsku
Pes
Sds
Gis
Cps
Srbpu
Sgr
Djs
Gfs
sbs
Ggp
pku
Lnp
cjs
Rmb
Rgp
Rgp1
Pbu
Rgp

Ggd
Rsb
Rgu
Ksm
Bbu
Gst
Wsp
Pvg
Asm
Vor
Bbbpu
Ssm
Hal
Rgs
Sls
Tsm
Sbs
Rgu
nsb

Rpp
Gsb
Abd
Ptm
Jmb
Mks
Jmb
Rmb
Pls
sab
Syp
Bml
bbt
बाँके । बाँकेको राप्तीसोनारीमा आज फेरी बाघले मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो ।
राप्ती सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार विहान ८ बजेतिर झम्टेर लगेको हो ।
प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर खका प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले जानकारी दिए । यो समेत गरी बाघले बाँकेमा ५ जना मानिसलाई खाइसकेको छ ।
राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघले मान्छे खाएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली र प्राविधिक टोली परिचालन गरेपनि नरभक्षि बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।
