Sidha Patra शनिबार, फाल्गुण ०७, २०७८

दाङ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दाङका १२ जना सहित देशभरका ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो ।

जसमा घोराही कारागारबाट ७ जना र तुलसीपुर कारागारबाट ५ जना गरी दाङका १२ जनाको बाँकी कैद मिनाह हुन लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर वलीले जानकारी दिनुभएको छ ।

घोराही कारागारबाट छुट्न लागेकामा सवारी ज्यान मुद्धामा तिन जना, कर्तव्य ज्यान, बहुविवाह, नकबजनिक चोरी मुद्धामा र झुटो वितरण पेस गरी नक्कली नागरिकता लिने एक÷एक जना गरी ७ जनालाई बाकी कैद मिनाह गरिएको छ ।

यस्तै तुलसीपुर कारागारबाट कर्तव्य ज्यान मुद्धामा दुई जना, खोटा चलन, डाका चोरी र ज्यान मार्ने उद्योग मुद्धाका एक÷एक गरी ५ जनालाई छाड्न लागिएको जेलर वलीले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]