अजय मिश्र/कपिलवस्तु बिहिबार, फाल्गुण ०५, २०७८

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए । कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए ।

त्यस्तै कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी प्रावधान, दण्ड र सजाय लगायत अन्य बिषयमा प्रकाश पारे । कार्यक्रममा सहभागी हरूले समुह कार्य मार्फत विद्यालय, घर परिवार र स्थानीय निकायले बालिकामा सकारात्मक अनुसासन कायम गर्न कार्यविधि समेत निर्माण गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जन प्रतिनिधि, पत्रकार, कर्मचारी लगायत अन्यको सहभागिता रहेको थियो । कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गरिन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]