दाङ । पश्चिम दाङमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । शान्तीनगर गाउपालिका वडा नम्बर ३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय बाबू कर्ण बहादुर मगरको घरमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नबिन चुदालीले जानकारी दिनु भयो ।
बुधबार दिउँसो १ बजेको समयमा आफ्नै घरको आगनमा छोराले बुवाको घाँटी रेटेर हत्या गरेको चुदालीले बताउनु भएको छ । हत्या आरोपित छोरालाई प्रहरीले नियन्त्रणमालिई सकेको छ । यसअघि बाबु छोराको बीचमा पटक–पटक झगडा हुने गरेको स्थानीयले बताए पनि अहिले के कारणले बुवाबो हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको प्रहरीले जनाएको छ ।