श्रवण बस्नेत/लमही बुधबार, फाल्गुण ०४, २०७८

दाङ । आफ्नाे सेयर सदस्यबाट दुई,दुई सय मासिक संकलन गरि देउखुरी ३ काे परिताेषिका कृषि सहकारीले भवन खडा गरि भवनबाट सेवा दिन थालेको छ । देउखुरीकाे लमही ३ बनगाउँमा रहेकाे परिताेषिका कृषि सहकारीले स्थापना भएको छ वर्ष मै घडेरी सहित भवन खडा गरेर संचालन गर्न सफल भएको छ ।

सहकारीले सेयर सदस्यबाट बचत गरिने मासिक २/२ सय रुपैयाबाट उठेको ८० लाख बढिकाे लगानी घडेरी खरिद गरेर ०७७ साल देखि बनगाउँचाेकबाट सेवा दिन थालेको छ ।०७१ सालमा बनगाँउ गाउमा एउटा खाेँचबाट सुरु भएको थियाे । २५ जना जम्मा भएर संस्था खाेलिएकाे हाे । संस्था गाउँमा भएपछि उसकाे गतिविधि सन्ताेष जनक नभए पछि सक्रिय गराउन गाह्रो भए पछि लमही ३ बनगाँउचाेकबाट सेवा दिन थालेको हाे । झन्डै ११ सय सदस्यबाट मासिक दुई सय मात्रै संकलन गर्ने गर्दछ । संस्थाले निकट भबिस्यमा पेट्रोल पम्प संचालन गर्ने अनि बिधुतिय चार्जिङ्ग स्टेसन खडा गर्ने लगायतका विभिन्न उदेश्य बाेकेर अब संस्था बहुउद्देश्यीयमा रुपान्तरण हुने कार्य पनि सुरु गरिसकेको संस्थाले जनाएको छ ।

संस्थाले विभिन्न कार्य गर्न अपठेराे भए पछि हाल सस्था बहुउद्देश्यीयमा रुपान्तरण हुने कार्य सुरु गरिएको छ भने केही दिनमै संस्था परिताेषिका कृषि बहुउद्देश्यीय सहकारी संस्था नामाकरण गरिने तयारी पनि अगाडि बढाइसकेकाे छ । जसका लागि पेपरमा सुचना पनि राखिएको छ । दाङमा आफ्नाे घडेरी,भबनमा संचालित हुने सहकारीहरु औलाले गन्न सकिने भए पनि उक्त सहकारीले स्थापना भएको पाँच बर्ष कै अबधिमा यस्ताे कार्य गर्न सफल भएको संस्थाका लेखापाल नरेश चाैधरीले जानकारी दिनु भएको छ । संस्थाले मासिक रुपमा १२ लाख बढि रकम बचत संकलन गरिराखेकाे बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]