Sidha Patra बुधबार, फाल्गुण ०४, २०७८

दाङ । दाङको देउखुरीमा आज विहानै देखि बन्दको प्रभाव परेको छ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेको छ भने । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् । विभिन्न ठाउँबाट भालुवाङ सम्म आइपुगेका गाडी पुल्चोकमै रोकिएका छन् ।

त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् ।बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । बन्द साँझ ५ बजे मात्रै खुल्ने भएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् ।देउखुरीटाइम्स

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]