दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफनो ५२ औ स्थापना दिवस तथा १७ साधारण सभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । यही आउदो चैत ९ गते संघले आफनो स्थापना दिवस मनाउने भएको हो ।
संघको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको हो । बैठकले स्थापना तथा साधारण सभाको अवसरमा व्यवसायीहरु विच मैत्रीपुर्ण फुटवल प्रतियोगीता, दौड, रक्तदान, कुर्सी दौड, हाजिरी जवाफ तथा सरसफाइ कार्यक्रम गर्ने आयोजना गरिने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । व्यवसायीहरुलाइ आपसमा चिनजान गराउने उदेश्यले विगतका वर्ष देखि नै स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गदै आएको उनले बताए ।
खेलकुद प्रतियोगीता व्यवस्थापनका लागि संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलको संयोजकत्वमा सचिव नरेशकुमार श्रेष्ठ सह कोषाध्यक्ष राजभक्त राना सदस्य रहेको समिती गठन गरिएको छ । फुटबल प्रतियोगीताका लागि विकास वली, माधव खनाल र जगत आचार्य सदस्य रहेको उप समिती गठन गरिएको छ । दौड प्रतियोगीताका लागि विनोदप्रसाद पाण्डे, लिलालाम खडका र जुद्धवहादुर घर्ति जगत सदस्य रहेको समिती गठन गरिएको छ । यसै गरेर हाजिरी जवाफ प्रतियोगीताका लागि एकनारायण पौडेल, भरतप्रसाद रेग्मी, ज्ञानवहादुर फौदार क्षेत्री सदस्य रहेको समिती गठन गरिएको छ । कुसीदौडका लागि देवकला वस्नेत, विष्णुप्रसाद रिजाल, ज्ञानवहादुर फौदार क्षेत्री सदस्य रहेको समिती गठन गरिएको छ ।
त्यसै गरेर रक्तदान कार्यक्रमका लागि उद्योग उपाध्यक्ष अनिल आचार्यको संयोजकत्वमा सह कोषाध्यक्ष राजभक्त राना र विशिष्ट सदीय मित्रदेव अधिकारी सदस्य रहेको समिती गठन गरिएको छ । सरसफाइ कार्यक्रमका लागि वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजकत्वमा सहकोषाध्यक्ष राजभक्त राना र सदस्य विनोद प्रसाद पाण्डे सदस्य रहेको समिती गठन गरिएको छ ।
यस्तै संघका अध्यक्ष टंकसिंह वुढाथोकीको संयोजकत्वमा निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव महेन्द्र वुढाथोकी सदस्य रहेको सम्मान समिती गठन गरिएको छ । संघका पुर्व अध्यक्ष हेमराज वन्जाडेको संयोजकत्वमा पुर्व अध्यक्षहरु धुबराज श्रेष्ठ भारी र चन्द्रराज पन्त सदस्य रहेको अतिर्थी सत्कार समिती गठन गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । २०२७ सालमा स्थापना भएको दाङ जिल्ला उद्योग वाणिज्य संघ निजी क्षेत्रको राप्ती अञ्चल कै पहिलो संस्था हो ।