श्रवण बस्नेत/लमही शुक्रबार, माघ २८, २०७८

दाङ । लमही नगरपालिकाद्वारा संचालित नागरिक आराेग्य केन्द्रमा थप पन्चकर्म सेवा बिस्तार गरिएको छ । थप सेवा बिस्तार गरे पछि,बिरामीको संख्या बढ्दै गइरहेको केन्द्रले जनाएको छ । पहिले आर्युबेदिक औषधि मात्रै बितरण गर्ने केन्द्रले अहिले डाक्टरी चेकजाँच सहित पन्चकर्म सेवा दिन थाले पछि झन स्थानीय नागरिकलाई नि:शुल्करुपमा सेवा दिने भएकाले स्थानीय नागरिकको त्यस प्रती आर्कषण बढेको हाे ।

केन्द्रमा १ बर्षकाे अबधिमा झन्डै २ हजार बढिले सेवा लिएको कर्मचारीले बताएका छन् । नेपाल सरकारकाे १ वडा १ स्वास्थकाे अबधारणा अनुरुप उक्त सेवा ०७७ साल फागुन ५ गते उद्धघाटन गरिएकाे थियाे । आर्युबेदिक औषधि सहित पन्चकर्म सेवा दिने उदेश्यले खाेलिएकाे भएता पनि संचालन भएको १ बर्ष मैपन्चकर्मसेवा सेवा सुरु भएको हाे ।

जम्मा १ हप्ता भयाे,थप सेवा दिनथालेकाे स्थानीय बिरामीहरु बढि आउनुहुन्छ उसाे त गढवा,सिसहनियाँ र पहाडिभेग लमही नपाकाे सितलापुरबाट पनि बिरामीहरु आउने गरेकाे केन्द्रकि कर्मचारी सरिता खनालले जानकारी दिनु भयो । पहिले ५/७ जना आउने केन्द्रमा अहिले १५/२० जना नियमित रुपमा सेवा लिन आउने गरेका छन् उहाँलेभन्नू भयो ।बढिजसाे बाथ,पाइल्स,ढाँड दुख्ने समस्या भएको बिरामीहरु आउनुहुन्छ,उहाँहरुकाे अबस्था हेरेर १ हप्तादेखि २ हप्ता भित्रमा बाथ भएका बिरामीहरु पुरै निर्मुल पार्न सकिन्छ खनालले भन्नू भयो ।

केन्द्रको लागि अहिले सुबिधा संम्पन्न एउटा भबनकाे तल्लो तला पुरै भाडामा ल्याएका छौं,बिहान र साँझ दुई पटक मात्रै पन्चकर्म सेवा दिने भएकाले बढि जसाे बिरामीहरु उक्त समयमा आउनुहुन्छ उहाँले भन्नू भयो । उसाे त अन्य सेवा भएकाले पनि अधि पछि पनि सेवा दिने गरेका छौं । हाम्राे यहाँ दुई जना चिकित्सक,कर्मचारी तथा १ जना कार्यालय सहयाेगी गरि ३ जनाले उक्त सेवा दिएका छौं,कर्मचारी अभाब छैन खनालले भन्नू भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]