
Usb
Rgp
ksb
Ggp
Pbu
Asb
Dus
Lnp
Ggp
Rgp
lnp
Lks
Rgp
Rgp
Dbs
Jns
Sgp


दाङ । लुम्बिनी प्रदेश ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेका प्याब्सन र एनप्याब्सन अन्तर्गत सस्थागत विद्यायालयका प्रअहरुको संयुक्त बैठक एन प्याब्सन राप्ती गापाका संयोजक बिक्रान्त ज्ञवालिको अध्यक्षता एवम् राप्ती गापा प्याब्सनका संयोजक शोभाकर भुसालको प्रमुख आतिथ्यमा बसि सिरिन भ्याली स्कुलका प्रअ तेजबहादुर बिष्टको संयोगकत्वमा ५ सदस्यिय पालिकास्तरीय “सस्थागत विद्यायालय समन्वय समिति” गठन गरिएको छ ।
जस अन्तर्गत सचिब गिरिराज पौडेल,कोषाध्यक्ष सरद चौधरी, सदस्यमा द्वय खगेन्द्र चौधरी र छबिलाल थापालाई चयन गरिएको छ भने सल्लाहकारमा बिक्रान्त ज्ञवाली र शोभाकर भुसाल रहनुभएको छ ।
सिसिएमसीले गरेको सिफारिसमा आधारित हुँदै यहि फाल्गुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पुर्णरूपमा लागु गरि विद्यायालय खोली विद्यार्थीहरुको पठनपाठन सुचारु गर्ने,गठित समितिको आयोजनामा गापा स्ततीय सस्थागत विद्यालयका सस्थापक, संचालक र विद्यायालय प्रअहरुको उपस्थितिमा फाल्गुन १३ गते देउखुरीको गढवा गाउँपालिका -१ कुलपानी हरितपार्कमा बनभोज कार्यक्रम गरिने र राजपुर गाउँपालिका वडा नम्बर २ बालुवाडाडा निवासी कमला चौधरीको घरको आर्थिक अवस्था कमजोरी रहेकोले निजको छोरी आइसा चौधरीको आँखा उपचारमा आर्थिक समस्या भएको भन्ने ब्यहोरा सहितको प्राप्त पत्रलाई मध्यनजर गर्दै उपचार खर्च सहयोग बाईस हजार पाँच सय मात्र राजपुर गापा – २ मटेरियास्थित फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रअ टोपेन्द्र खनालको माध्यमबाट उपलब्ध गराइने भन्ने निर्णय गरिएको श्रोतले जनाएको छ ।
