शिबराज पन्थी/गढवा शुक्रबार, माघ २८, २०७८

दाङ । गढवा गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण बिहीवार सम्मपन्न भएको छ । गढवा गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको समन्वय तथा जनउत्थान समाज बिकास केन्द्र घोराहीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाको निती तथा कानून निर्माण र कार्यान्वयनको अवस्था, मानव संसाधन र संस्थागत क्षमता बिकास,भौतिक पुर्वाधार बिकास र सेवा प्रवाह तथा सुशासन र उत्तरदायित्व लगायतका बिषयका सुचकहरुमा गाउँपालिकाले गरेका कामहरुका बारेमा परिक्षण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जनप्रतिनिधीहरुले निती बनाउने र कर्मचारीहरुबाट कार्यान्वयन गर्ने काममा सबै कर्मचारीहरुले अहं भुमिकाका साथ काम गनुृपर्ने बताउनु भयो । कर्मचारीको साथ र सहयोग भए मात्रै जनप्रतिनिधीको बिकासका सुचकमा सफलता देखिने बताउनु भयो ।

कार्यक्रममा पाँचवटा मूल शिर्षक र २२ वटा सुचकमा आधारित उपशिर्षकका बारेमा सुच्छ्म बिश्लेषण गरि अंक मापन गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,कार्यपालिका सदस्य,बिषयगत शाखाका प्रमुखहरु त्था कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका संजु लामीछाने र जनउत्थान बिकास केन्द्र घोरहीका शुसीला पौडेलले गर्नुभएको थियो । लैससास मापनमा गतबर्षको भन्दा प्रभावकारी रहेको गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]