Sidha Patra मंगलबार, माघ ११, २०७८

दाङ । घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई कारागार प्रशासनले मंगलबार अदालतमा बुझाएको छ । गत पुस ८ गते दिउँसो भागेका कर्तव्य ज्यान मुुद्धाका कैदी परियारलाई भारतको पञ्जाबबाट पक्राउ गरेर प्रहरीले हिजो सार्वजनिक गरेको थियो ।

त्यस्तै कैदी परियारलाई आज कारागार प्रशासन मार्फत दाङ जिल्ला अदालतमा प्रहरीले पेश परेको हो । अदालतमा अबेर लगिएको र गोलाप्रथाबाट प्रकृया अघि बढाउनुपर्ने भएका कारण मंगलबार समय अभाब भएकाले पुनः प्रहरी हिरासतमा राख्न भनिएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए ।

यस्तै समय अभाबका कारण आज प्रहरी हिसासतमै राख्न भनिएको र भोली बयान सँगै थुुनछेकको आदेश हुुने उनको भनाई छ । कारागारका नाईके समेत रहेका परियारले आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रलाई नै आर्थिक प्रलोभनमा पारेर अस्पताल जाने बहानामा भागेको प्रहरी स्रोतको भनाई छ । प्रेमिकाको हत्या मुुद्धामा २० बर्ष कैद सजाय पाएका परियारले साढे ७ बर्ष कैद भुक्तान गरेका थिए । कानुुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]