दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न साधारण सभा एवं अधिवेशन स्थगित भएको छ ।
कार्यसमिति,सल्लाहकार समेतको सर्वदलिय बैठकले यही माघ २२ गते गर्ने भनिएको २२ औं साधारण सभा र माघ २९ गते गर्ने भनिएको आठौ अधिवेशन नेपाल सरकार गृह मन्त्रालयको सुचना बमोजिम कोरोना माहामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता र सावधानी अपनाउनु पर्ने भएकाले अर्को सुचना जारी नभएसम्मका लागि आसन्न अधिवेशन स्थगित गरिएको सो संस्थाका अध्यक्ष देवीबहादुर डिसीले जानकारी दिनु भएको हो ।