Sidha Patra सोमबार, माघ १०, २०७८

दाङ । दाङको घोराही कारागारबाट फरार कैदी नाईकेलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

घोराही कारागारबाट उपचारको बाहानामा फरार भएका कैदी नाईके राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनु भयो ।

कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरीरहेका परियार गत पुस ८ गते घोराही बजारको एक होटेलबाट फरार भएका थिए । परियार घोराही बजारको बिपिचोक स्थित रहेको थकाली भान्सा घर एण्ड लजमा पुगेर खाजा खाने क्रममा प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिएर फरार भएका थिए ।

यस्तै कैदी परियार फरार भएपछि छानबिन तथा खोजतलास समिति गठन गरीएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत भारतिय प्रहरी संगको समन्वयमा खोजी कार्य गर्ने क्रममा सोमवार नेपाल भारतको सिमाक्षेत्र बाँके नेपालगंज १५ जमुनाह नाकाबाट पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनु भयो । कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भएकोमा परियारले हाल सम्म ७ वर्ष कैद भुक्तान गरी सकेका छन् ।

त्यस्तै कारागारमा पहिला चौकीदार हुदै नाईके समेत भएका परियार फरार भई पक्राउ परेपछि कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार थप कारवाही हुने भएको छ । परियारलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था हुने डिएसपी रिजालले जानकारी दिनु भयो । कैदी परियार फरार भएपछि कारागार प्रमुख,कारागार सुरक्षा प्रमुख र प्रहरी जवान धन बहादुर चौधरी अनुसन्धानमा तानिएका थिए । तर कारागार प्रमुख र सुरक्षा प्रमुखलाई सामान्य कारवाही गरी छोडिएको छ भने प्रहरी जवान र दुई महिला पुर्वपक्षका लागि कारागार चलान भएको प्रहरी जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]