Sidha Patra सोमबार, माघ १०, २०७८

दाङ । घोराही कारागारबाट भागेका कैदी यामराज परियारलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय दाङ्का डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट पक्राउ गरेको हो ।

कारागारका नाइके समेत रहेका कैदि परियार अस्पताल नगैइ उनलाई लिएर जाने प्रहरी जवान धनबहादुर चौधरी घोराही कै थकाली भान्सा घरमा दुई जना महिलालाई लिएर गएका थिए । तेही होटलबाट परियार प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर भागेका थिए ।

त्यस्तै कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छन् । त्यसैगरि जेलर युवराज परियार,सुरक्षा प्रमुख असइ रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु निलम्बन छन् । यस विषयमा प्रहरीले आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]