दाङ । गढवा होटल ब्यवसायि संघको आयोजना र राजपुर गाउँपालिकाको सहयोगमा राजपुर गाउँपालिका स्तरीय १५ दिने कुक तालिम सोमवारदेखि सुरु भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा भएको तालिम राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष केसीले होटल ब्यवसायिहरुको क्षमता अभिबृद्धि गर्न र रोजगारीको सृजना गर्न गाउँपालिकाले गापा स्तरीय कुक तालिमका लागि बजेट बिनियोजन गरेको बताउनु भयो । कार्यक्रममा राजपुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दुर्गा प्रसाद शर्माले होटल ब्यवसाय पैसा आर्जन गर्ने र रोजगारी गरि आयस्तर बृद्धि गर्ने एक बलियो माध्यम भएको बताउदै स्वास्थ्यलाई प्रतिकूल नहुने गरि रसायनहरुको प्रयोग नगरेर होटलका परिकारहरु बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका कोषाध्यक्ष खुमानन्द पोखे्रल,बेला प्रहरी चौकीका प्रमुख कमल बन्जाडे,प्रशिक्षक सुर्यलाल चौधरी लगायतले बोल्नु भएको थियो ।
उक्त तालिममा राजपुर गाउँपालिकाका सबै वडाबाट कुल २५ जना सहभागी रहने र तालिम १५ दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । उक्त तालिमका लागि राजपुर गाउँपालिकाले २ लाख ५० हजार रुपियाँ बिनीयोजन गरेको छ भने संघको तर्फबाट ६४ हजार २६० बजेट लगानी गर्ने भएको संघका अध्यक्ष दयाराम थापाले जानकारी दिनु भयो ।
गढवा होटल ब्यवसायि संघको कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिकाका १५ वटा वडाहरु रहेको अध्यक्ष थापाले बताउनु भयो । संघका सदस्य टोपलाल सुवेदी सागरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव तिलक बहादुर पुनले गर्नु भएको थियो ।