Sidha Patra सोमबार, माघ १०, २०७८

काठमाडौं । नेपाल प्रहरीका २ हवल्दार र ११ जवानसहित १३ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको उक्त सुचनामा आफूखुरी सम्पर्कविहीन भएको जनाइएको छ । सोमबार जारी सूचनामा सम्पर्कमा आउदा स्पष्टिकरणसहित आउन पनि आग्रह गरिएको छ ।

यसैगरी सम्पर्कविहीन भएका एवं गैह्रहाजिर हुने प्रहरीहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । यस्तै सिंह गत मंसिर १९ गतेदेखि सम्पर्कविहीन भएका हुन् भने कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्क बाहिर छन् ।

त्यस्तै प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस।पी।, दिल दीक्षित राज के।सी। पनि सम्पर्कमा नरहेको सुचनामा जनाइएको छ । यदी सुचनाको ख्यान नगरी निर्धारित समयभित्र स्पष्टिकरण सहित उपस्थित नभएको अवस्थामा प्रहरी सेवाबाट हटाइने कार्यलयले निकालेको सूचनमा उल्लेख रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]