Sidha Patra आइतबार, माघ ०९, २०७८

सोलुखुम्बु । ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ओखलढुङ्गाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको १ ज ३५६९ नम्बरको जीपलाई नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेको हो । त्यस्तै प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार जीपमा रहेका देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् ।

सिद्दिचरण नगरपालिका ३ मा सडक निर्माण गर्दै गरेको डोजरले आज बिहान माथिबाट लडाएको ढुङ्गाले सडकमा गुडिरहेको जीपलाई किचेको प्रहरीले जनाएको छ । घाइतेमध्ये देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको डीएसपी काफ्लेले बताउनु भयो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]