
jms
Ppu
Gsbus
Sys
smb
Ssbus
gms

bml
Ln2
Ln8
Ln7
Gg5
Gsb
Usb
Dps
Asm
Sbs
Tsb
Gg1
Rys
Ssb
Ln9
cks
bmj
kbs
Ln3
Ln1

Snk
Gg6
Bpb
Ksb
Rgu
Nps
Sbs
Gg3
Sml
Gg4
Sab
Gjl
ptl
Jab
Rss
Jpb
Gg2
प्यूठान । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले गरिब तथा बिपन्नको लागि कम्बल वितरण गरेको छ ।
अहिलेको चिसो मौषम तथा कोभिडको समस्यामा परेका बिपन्न बर्गको जर्जर आथिक अवस्थालाई मध्यनजर गरी सो परोपकार कार्य गरेको हो । प्राप्त जानकारी अनुसार जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जिल्लाको प्यूठान नगरपालिका वडा नं ३ मा रहेका ३ अति बिपन्न ,गरिब तथा अपाङग भएका ब्यक्तिको लागि कम्बल वितरण गरिएको जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले जानकारी दिए ।
प्यूठान नगरपालिका ३ विजयनगर,रातामाटामा निबासी मैते कुमाललाई २ थान कम्बल वितरण गरिएको हो । कुमाल पूर्ण दृष्ट्रिबिहिन रहेका छन । त्यस्तै बिजयनगरका ज्ञान बहादुर केएमलाई पनि २ थान कम्बल वितरण गरिएको छ । उनि २०७२ सालमा ट्याक्टर दुर्घटना परि अपाङग भएका थिए । त्यस्तै साँपडाडामा निबासी कलि सुनारलाई पनि कम्बल वितरण गरिएको छ । उनको श्रीमानको मृत्यु भैसकेको र छोरा पूर्ण अपाङ अबस्थामा रहेका छन् ।
विपन्न तथा अशक्तता भएका व्यक्तिहरुको लागि चिसो मौसमबाट जोगिन थप मद्दत पुग्ने उद्देश्यले कम्बल वितरण गरिएको जिल्ला शाखा सभापति पुलामीले बताए ।कामना दैनिक
