
Ggp
Pbu
lnp
Asb
Lnp
Rgp
Dus
Ggp
Usb
Rgp
Dbs
ksb
Rgp
Sgp
Jns
Lks
Rgp


दाङ । दक्षिण देउखुरीको भूगोलमा संचालनमा रहेको महिलाहरुको पुरानो संस्था चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ अधिवेशन तथा १५ औं साधारणसभा शुक्रवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सकुन्तला डिसीको अध्यक्षता र नेपाल हृदयरोग निवारण प्रतिष्ठान दाङका अध्यक्ष रविलाल आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले गढवा क्षेत्रमा यस सहकारी संस्थाले महिलाहरुको शसक्तिकरण गर्दै आर्थिक र सामाजिक चेतनाको बिकास गर्न भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले सहकारी संस्थाहरु नाफामुखि मात्र नभई सेवामुखी हुनुपर्ने बताउदै चेतनशिल सहकारीले सेवामुखि थुप्रै कार्यक्रमहरु गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । अधिवेशनमा गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष अशोक कुमार यादव,गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डेय, नवस्वर्गद्धारी महिला सहकारी संस्थाका अध्यक्ष रेखा थापा,चेतनशिल सामुदायिक वनका अध्यक्ष कोकिला शाही,रेडक्रस उपशाखा गढवाका सभापति दिपक कुमार यादव , पत्रकार शिबराज पन्थी र दुखहरण यादव लगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थापक जेष्ठ शेयर सदस्यहरु टिकादेवि पोखे्रल र हुनादेवि पाठक लाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाका उत्कृष्ट बचतकर्ता कृष्णा कुमारी सिंह,आरोशी गुप्ता तथा असल ऋणी लक्ष्मी अधिकारी र उमा कौशललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । बिगत १५ बर्ष अगाडी देखि महिलाहरुको क्षमता बिकास गर्दै आर्थिक र सामाजिक शसक्तिकरणको माध्यमबाट महिलाहरुलाई स्वाबलम्वन र आत्मनिर्भर बनाउन यस सहकारीले गढवा क्षेत्रमै उल्लेख्य भूमिका खेलेको कार्यक्रमका बक्ताहरुले बताएका थिए । कुल ५ करोड ३३ लाख ८७ हजारको कारोवार गरेको उक्त सहकारी संस्थाका शेयर सदस्यहरु ५ सय ४६ जना रहेको अध्यक्ष सकुन्तला डिसीले जानकारी दिनुभयो ।
कार्यक्रममा उक्त सहकारी संस्थाका सचिव उत्तम चौधरीले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष शुसिला सिंहले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यसमिति सदस्य इशवरा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको अधिवेशन उद्घाटन कार्यक्रमको संचालन ब्यवस्थापक ओभा पाठकले गर्नुभएको थियो ।

